तपाईँ सुन्दै हुनुहुन्छः

सल्यानमा बेवारिसे अवस्थामा पुरुषको शव फेला

सल्यान । सल्यानमा बेवारिसे अवस्थामा एक पुरुषको शव भेटिएको छ ।

जिल्लाको त्रिवेणी गाउँपालिका १ काभ्राको सल्लेरी सामुदायिक वनमा बुधवार पुरुषको शव भेटिएको हो ।

शवको पहिचान खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी सन्तोष खनालले जानकारी दिनुभयो । 

उहाँका अनुसार शव गल्न थालिसकेकाले केही दिन पहिले नै पुरुषका मृत्यु भएको हुनसक्ने जनाइएको छ ।

घटनास्थलमा इलाका प्रहरी कार्यालय लुहामको टोली गएर अनुसन्धान गरिरहेको छ । शव पहिचानका लागि खोजीनिती समेत भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button