तपाईँ सुन्दै हुनुहुन्छः

मोटरसाइकलले अटोलाई ठक्कर दिँदा छ जना घाइते

बाँके । बाँकेको बैजनाथ गाउँपालिका वडा नम्बर ५ जीगाउँ चोकमा मोटरसाइकलले अटोलाई ठक्कर दिँदा ६ जना घाइते भएका छन् ।

बुधबार दिउँसो १२ बजेको समयमा पश्चिमबाट पूर्व तर्फ आउँदै गरेको को न पा ९६ नम्बरको अटो लाई सोही दिशाबाट कोहलपुर तर्फ आउँदै गरेको भे १० पा ९५७३ नम्बरको मोटरसाइकलले ठक्कर दिएको हो ।

उक्त ठक्करबाट मोटरसाइकल चालक बैजनाथ २ का जितेन्द्र चौधरीको दायाँ खुट्टा भाँचिएको, टाउको र छातीमा चोट लागि गम्भीर अवस्था रहेको प्रहरीले जनाएको छ । साथै मोटरसाइकल पछाडि सवार कोहलपुर १२ चपरगौडी बस्ने जागेश्वर चौधरी घाइते भएका छन् ।

यस्तै अटो चलाको कोहलपुर १० बाबानगर बस्ने मनिषा शाही अटोमा सवार बैजनाथ ५ की सृजना बलि, उनकै ८ महिनाको छोरा दर्शन वाली, सोही ठाउँ बस्ने कल्पना बलि घाइते भएका छन् । घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button