तपाईँ सुन्दै हुनुहुन्छः

संसदकाे अवरोध खुलाउन सत्तारूढ दलहरूबीच छलफल,प्रमुख प्रतिपक्षी एमालेसँग संवाद गर्ने

काठमाडौं । प्रतिनिधिसभामा प्रमुख प्रतिपक्षी दलले गरिरहेको संसदकाे अवरोध खुलाउनेबारे सत्तारूढ दलहरूबीच छलफल भएको छ।

बुधबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा नेताहरूले संसदकाे गतिरोध खुलाउने विषयमा छलफल गर्नुभएको हो।

बैठकले संसद्को गतिरोध खुलाउन प्रमुख प्रतिपक्षी दल लगायत संसदमा प्रतिनिधित्व गर्ने दलहरूसँग संवादको प्रक्रियालाई तीव्रता दिने निर्णय गरेको छ।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, उपप्रधानमन्त्रीहरू पूर्णबहादुर खड्का, नारायणकाजी श्रेष्ठ लगायतका नेताहरू सहभागी हुनुहुन्थ्यो।

प्रतिक्रिया राख्नुहोस्

Back to top button