तपाईँ सुन्दै हुनुहुन्छः

बागलुङमा आँखा पाक्ने  रोगको प्रकोप

बागलुङ ।  ताराखोला गाउँपालिका  आँखा पाक्ने रोग एडिनो भाइरसले प्रभावित बन्दै गएको छ ।

बागलुङ जिल्लाको गलकोट नगरपालिकामा २ गाउँपालिकाको भन्दा बढी आँखा पाक्ने संक्रमित भेटिएका छन् ।

गलकोट नगरपालिकामा हालसम्म १ सय २४ जना पुरुष र १ सय ३२ जना महिलामा यो रोग देखा परेको स्वास्थ्य शाखा प्रमुख सुुशिल पौडेलले जानकारी दिनुभयो  ।आँखा पाक्ने रोगको  प्रकोप बढेसँगै   यहाँका विद्यालय   बन्द  गरिएका छन् ।

काठेखोला गाउँपालिकामा अहिलेसम्म ८० जनामा यो समस्या देखिएको  छ  ।

ताराखोला गाउँपालिकाको ५ वटा वडामा २१ जनामा यो रोगले समस्या देखिएको  स्वास्थ्य प्रमुख उदित कुमार थापाले जानकारी दिनु भयो  ।

 बागलुङ नगरपालिकामा निजी र सरकारी अस्पतालमा   दिनमा ५० जना चेक गर्न आउने र  त्यी मध्ये  केहीमा  समस्या देखिने    गरेको नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख  रामप्रसाद खनालले जानकारी दिनु भयो  ।

बागलुङ नगरपालिकाले पनि आँखा पाक्ने रोगका कारण  निजी तथा  सरकारी शिक्षण संस्था बन्द  गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button