मधेस प्रदेश प्रहरी कार्यालयले आचरण विपरीत कार्य गरेका २ सय ७३ प्रहरी कारबाहीमा

बारा । आचरण विपरीत काम गर्ने मधेस प्रदेशका २ सय ७३ जना प्रहरीलाई कारबाही गरिएका छन् ।
मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरका अनुसार आर्थिक वर्ष ०७९–८० को साउनदेखि जेठ मसान्तसम्म ११ महिनाको अन्तरालमा ८ वटै जिल्लामा राम्रो कार्य गर्ने प्रहरीलाई पुरस्कृत गरिएको छ भने, आचरण विपरीत कार्यमा लागेका प्रहरीलाई प्रहरी ऐन नियमावली अनुसार कारबाही गरिएको प्रहरी प्रवक्ता प्रहरी उपरीक्षकले महेन्द्र कुमार श्रेष्ठ जानकारी दिनुभयो ।
मधेश प्रदेशका आठ जिल्लाबाट उत्कृष्ट कार्य गरेका ७९१ जना प्रहरीलाई विविध विधाले पुरस्कृत गरिएको प्रवक्ता श्रेष्ठले जानकारी दिनुभयो । पुरस्कृत हुनेहरूमा छ जना प्रहरी वरिष्ठ उपरीक्षक, १३ प्रहरी उपरीक्षक, २७ जना प्रहरी नायब उपरीक्षक, ५९ जना प्रहरी निरीक्षक, ४५–४५ जना प्रहरी वरिष्ठ नायब निरीक्षक र प्रहरी नायब निरीक्षक छन् ।
यसैगरी, १ सय ११ प्रहरी सहायक निरीक्षक, ५७ प्रहरी वरिष्ठ हवल्दार, १ सय १३ प्रहरी हवल्दार, १ सय ६१ प्रहरी सहायक हवल्दार, १ सय ३४ प्रहरी जवान, एक प्रशिक्षार्थी प्रहरी जवान र १९ जना प्रहरी कार्यालय सहायकलाई पुरस्कृत गरिएको उहाँले जानकारी दिनुभयो ।
तीमध्ये, छ जना प्रहरी निरीक्षक, ४ जना प्रहरी वरिष्ठ नायब निरीक्षक, ९ जना प्रहरी नायब निरीक्षक, १७ जना प्रहरी सहायक निरीक्षक, १२ जना प्रहरी वरिष्ठ हवल्दार, ५५ जना प्रहरी हवल्दार, ५२ जना प्रहरी सहायक हवल्दार, १ सय ३ जना प्रहरी जवान, प्रशिक्षार्थी प्रहरी जवान र छ जना प्रहरी कार्यालय सहयोगी छन् ।
आठै जिल्लाबाट १ सय २८ जनालाई नसिहत, ४० जना निलम्बन, २५ जनाको ग्रेड घटुवा, २२ जनाको ग्रेड रोक्का, १४ जनाको पदोन्नति रोक्का, १३ जनालाई सेवाबाट हटाइएको, १० जनालाई सचेत गराइएको, छ भने ८ जनालाई सेवा अन्त्य गराइएको प्रहरी प्रवक्ता श्रेष्ठले भन्नुभयो । ७ जनालाई सुरु स्केलमा घटुवा, ४ जना स्वतः निलम्बन र १–१ जनालाई सेवाबाट बर्खास्त गरिनुका साथै चाल–चलनमा प्रतिकूल राय नभएकोलाई कारबाही गरिएको उहाँले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्