पोखरामा ट्होटें पर्व धुमधामका साथ मनाइयो (फोटो फिचर)

पोखरा । तमु समुदायको महत्वपूर्ण सांस्कृतिक पर्वको रुपमा रहेको ट्होटें पर्व पोखरामा साउन महिनाको अन्तिम मङ्गलवार धुमधामका साथ मनाइएको छ । पोखरामा मङ्गलवार झाँकी सहितको वृहत् र्याली प्रदर्शनी भएको तमु धिँ नेपालका अध्यक्ष हुम तमुले बताउनु भयो ।
आफ्नो मौलिक सांस्कृतिक पर्व ट्होटे पर्व मनाउन पोखरामा विभिन्न ठाउँबाट पोखरा आई बसोबास गरेका तमुहरू आफ्नो कला संस्कृति झल्कने र आफ्नो परम्परागत भेषभुषामा समेत सजिएर र्यालीमा सहभागी हुनु भएको थियो । ट्होटें पर्व तमु समुदायले वर्षको दुई पटक चैत र साउनको अन्तिम मङ्गलवार मनाउँदै आएको पाइन्छ ।

तमु धिं नेपालको आह्वानमा पोखरामा विभिन्न गुरुङ समुदायका संघ सङ्गठनका प्रतिनिधिहरू पन्चे बाजाका साथमा झाँकी सहित विभिन्न जनवारदेखि, भूत, प्रेतका चित्रजस्ता मुकुन्डो, कालोमोसो, विभिन्न रङरोगन लगाएर रंगीबिरंगी झाँकी, लेकमा बस्दा निर्माण गरिने हस्तकलाका सामाग्री समेत र्यालीमा प्रर्दशन गरिएको थियो ।
पोखराको रानीपौवाबाट सुरु भएको र्याली पोखराको महेन्द्रपुल, नयाँबजार हुदै तमु धिँ नेपालको कार्यालय परिसरमा पुगेर समारोहमा परिणत भएको थियो । पोखरामा निकालिएको ट्होटें पर्वका केही झलकहरु ।















प्रतिक्रिया राख्नुहोस्