तपाईँ सुन्दै हुनुहुन्छः

कोशी प्रदेशसभाको बैठक भदौ १ गते बस्ने

विराटनगर । कोशी प्रदेशसभाको तेस्रो अधिवेशनको तेस्रो बैठक आउँदो भदौ १ गते बस्ने भएको छ । 

गएको असार १५ गते अर्को सूचना नभएसम्म स्थगित भएको प्रदेशसभाको बैठक आगामी  शुक्रबार दिउँसो १ बजेका लागि बोलाइएको हो । 

कोशी प्रदेशसभा नियमावली, २०७४ को उपनियमबमोजिम बैठक बोलाइएको प्रदेशसभा सचिव गोपालप्रसाद पराजुलीको भनाइ छ । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button