तपाईँ सुन्दै हुनुहुन्छः

संसद्को गतिरोध अन्त्य गर्न काँग्रेसले पहल गर्ने

काठमाडौँ । नेपाली काँग्रेसले संवादको माध्यमबाट संसद्को गतिरोध अन्त्य गर्न पहल गर्ने भएको छ ।

काँग्रेस संसदीय दलको तीन दिन सम्म बसेको बैठकले संसद्को जारी गतिरोध अन्त्यका लागि सत्ता पक्ष र प्रती पक्ष सबै दलहरूसँग संवादको अग्रसरतामा संसद् सुचारु गर्न पहल गर्ने निर्णय गरेको प्रमुख सचेतक रमेश लेखकले जानकारी दिनुभयो ।

प्रमुख सचेतक लेखकले लगातारको संसद् अवरुद्धले जनतामा वितृष्णा पैदा हुने जोखिम बढ्ने भन्दै   प्रमुख प्रतिपक्षी दल लाई संसद् सुचारु गर्न  आग्रह  गर्ने निर्णय पनि बैठकले गरेको बताउनुभयो ।

यस्तै बैठकले सुन प्रकरणप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको भन्दै यस्ता कार्यको निस्तेज र नियन्त्रणका लागि सत्य तथ्य छानबिन गरी दोषीलाई कडा कारबाही गर्न सरकारसँग माग गरेको छ ।

बैठकले बाढी, पहिरो, लम्पिस्कीन, आँखा पाक्ने रोग, संसद्मा विचाराधीन विधेयक  लगायतका विषयमा सरकारको ध्यानाकर्षण गराउँदै जनजीविकासँग सरोकार राख्ने विषयवस्तुमा संसद्मा आवाज उठाउन संसद् सुचारु  हुनुपर्नेमा जोड दिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button