तपाईँ सुन्दै हुनुहुन्छः

विधायन व्यवस्थापन समिति

काठमाडौँ । सांसदहरुले मिडिया काउन्सील सञ्चार क्षेत्रको नियमन गर्ने अर्ध न्यायिक निकाय भएकाले काउन्सीलको अध्यक्षमा न्यायिक क्षेत्रका सक्षम व्यक्तिलाई ल्याउने प्रावधान समेटिनु पर्ने बताउनुभएको छ ।

राष्ट्रियसभा विधायन व्यवस्थापन समितिमा आज भएको नेपाल मिडिया काउन्सील विधेयक २०७५ माथिको दफावार छलफलमा सांसदहरुले मिडिया काउन्सील अर्धन्यायिक निकाय भएकाले पदाधिकारी नियुक्ति र सिफारिस योग्य र अनुभवी व्यक्तित्व रहने पक्ष सुनिश्चित गर्न आवश्यक रहेको बताउनुभयो ।

सांसदहरु रामनारायण विडारी, राधेश्याम अधिकारी, बृजेशचन्द्र लाल, ठगेन्द्र प्रकाश पुरी लगायतले मिडिया काउन्सीलमा सर्वाेच्च आदालतको न्यायधिश हुन योग्यता पुगेका अधिवक्ता वा अवकाश प्राप्त उच्च अदालतका न्यायधिश मध्येबाट अध्यक्ष हुने गरी विधेयकमा संशोधन गरिनुपर्ने बताउनुभयो ।

छलफलमा सूचना तथा सञ्चार प्रविधि मन्त्रालयका सहसचिव ऋषिराम तिवारीले काउन्सीलको अध्यक्षको योग्यतामा सांसदहरुले ल्याउनु भएको संशोधन स्वीकार गर्न सकिने बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button