तपाईँ सुन्दै हुनुहुन्छः

ट्रकको ठक्करबाट मकवानपुरमा एक जनाको मृत्यु

मकवानपुर । मकवानपुर लेवटमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएको छ । पूवपश्चिम राजमार्ग अन्तर्गत हेटौंडाबाट चितवनतर्फ जाँदै गरेको ना ६ ख ६५६ नम्बरको ट्रकको ठक्करबाट पैदलयात्रीको ३५ वर्षीय अम्मर पुन मगरको मृत्यु भएको हो ।

चितवन घर भएका मृतक मगर बसामाडीमा चाउमिन कारखानामा काम गर्ने मजदुर हुन् । ट्रकको ठक्करबाट घाइते भएका उनलाई उपचारका लागि हेटौंडा अस्पताल ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको बताइएको छ ।

ठक्कर दिने ट्रक चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको मकवानपुर प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button