तपाईँ सुन्दै हुनुहुन्छः

खोलाले बगाउँदा बुबा–छोरा बेपत्ता

दोलखा । दोलखामा खोलाले बगाउँदा बुबा–छोरा बेपत्ता भएका छन् । खोलाले बगाउँदा बिगु गाउँपालिका-७ का निम्फुन्जो शेर्पा र उनका छोरा बेपत्ता भएका हुन् । 

गाउँ नजिकैको जङ्गलमा निउरो टिप्न गएका दुवैजनालाई खोला तर्ने क्रममा बगाएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक दिपक खड्काले जानकारी दिनुभयो । स्थानीयवासीले जानकारी गराएपछि अहिले प्रहरी चौकी बिगुबाट टोली घटनास्थलमा गएको छ । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button