तपाईँ सुन्दै हुनुहुन्छः

चितवनमा पर्यटक बसले ट्रकलाई ठक्कर दिँदा दुई जनाको मृत्यु, २० घाइते

चितवन । चितवनको रामनगरमा आज बिहान भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । काठमाडौँबाट आउँदै गरेको बा १ च ७८३ नम्बरको बसले सोही दिशातर्फ आउँदै गरेको लु २ ख ३३०५ नम्बरको ट्रकलाई ठक्कर दिँदा दुर्घटना भएको थियो ।

दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने २० जना घाइते भएको चितवन प्रहरीले जनाएको छ । मृत्यु भएका दुबै जना बसको यात्रु हुन् । उनिहरुको सनाखत भएको छैन् । घाइतेहरुको भरतपुरका विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले बताएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button