बबई र कर्णालीका तटीय क्षेत्रका स्थानीयलाई सतर्कता अपनाउन प्रशासनको आग्रह

बाँके । हिजो बिहानदेखि लगातार परेको अविरल वर्षाले बर्दियाको जनजीवन प्रभावित भएको छ । आइतबार बिहान तीन घण्टाको वर्षातले बर्दियाको रानीजरुवामा ७२ मिलिलिटर पानी परेको जल तथा मौसम विज्ञान महाशाखाले जानकारी गराएको छ
लगातार परिरहेको पानी नरोकिएकोले बबई र कर्णाली नदीमा जलस्तर बढ्दै गएको जिल्ला प्रहरी कार्यालय, बर्दियाका प्रहरी उपरीक्षक सुधिरराज शाहीले जानकारी गराउनु भएको छ ।भोलि सम्म वर्षात हुने भएकोले बबई र कर्णाली क्षेत्रको बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ भने ती तटीय क्षेत्रमा ‘बिहानसम्म बाढीको जोखिम नभएपनि लगातार पानी परिरहेको जलस्तर बढ्न सक्ने भएकाले सर्तक रहन स्थानीय लाई आग्रह गरिएको छ । बबई नदीको जलस्तर आइतबार बिहान ११बजेसम्म ४ दशमलव १ मिटरमाथि बगिरहेको छ । सामान्यता ६ मिटरमाथि बगे बाढीको जोखिम हुने छ।
यसैबीच कर्णाली नदीमा जलस्तर बढ्दै गएको छ । कर्णालीमा बिहान ११ बजेसम्म ७ दशमलव मिटरमाथि पानी बगिरहेको छ । कर्णालीमा १० मिटरमाथि पानी बगे बाढीको जोखिम मानिन्छ । पहाडी क्षेत्रमा पानी परिरहेकोले बबई र कर्णालीमा जलस्तर बढ्ने जोखिम रहेको छ । बाँके बर्दियामा लगातार एक हप्ता देखि निरन्तर पानी परेसङ्गै बढी अनि डुबान कटानको समस्या देखिन थालेको स्थानीयहरूको भनाई रहेको छ।








प्रतिक्रिया राख्नुहोस्