तपाईँ सुन्दै हुनुहुन्छः

स्कुटर दुर्घटनामा एक जनाको मृत्यु

पाँचथर । पाँचथरको फिदिम नगरपालिका ११ मा स्कुटर दुर्घटना हुँदा ६५ वर्षीया महिलाको मृत्यु भएको छ ।

दुर्घटनामा फिदिम १ निवासी ६५ वर्षीया मायादेवी कार्कीको मृत्यु भएको हो । स्कुटर चालक मायादेवीका श्रीमान् हेमकर्ण कार्की घाइते भएका छन् ।

प्रदेश ०१–०३–००१ प ५२७१ नम्बरको स्कुटर शनिबार नाँगीनदेखि फिदिम आउने क्रममा फिदिम ११ अम्बके भिरमा अनियन्त्रित भएर दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी प्रहरी निरीक्षक मिलन थापाले जानकारी दिनुभयो ।

चालक हेमकर्णको दाहिने खुट्टा भाँचिएको छ । सडकदेखि ५० मिटर तल खसेकी मायादेवीलाई उपचारका लागि पाँचथर अस्पताल पुर्‍याइएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए ।

घाइते कार्कीको पाँचथर अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button