‘देशको विकास र समृद्ध लागि भ्रष्टाचार अन्त्य गर्ने सङ्कल्पसहित नेताहरू अगाडि बढ्नुपर्छ’

सुर्खेत । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराईले देशको विकास र समृद्ध लागि भ्रष्टाचार अन्त्य गर्ने सङ्कल्पसहित नेताहरू अगाडि बढ्नुपर्ने बताउनुभएको छ ।
नेपाल समाजवादी पार्टी कर्णाली प्रदेशले आज सुर्खेतको वीरेन्द्रनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा पूर्व प्रधानमन्त्री समेत रहन भएका अध्यक्ष डा.भट्टराईले देशमा भ्रष्टाचार नगर्ने मासिन पाउन मुस्किल भएको वर्तमान अवस्थामा भ्रष्टाचारको अन्त्य गर्ने सङ्कल्प नेतादेखि कर्मचारीसम्ममा हुनुपर्ने बताउनुभयो ।
उहाँले देशमा देखा परिरहने राजनीतिक अस्थिरताको अन्त्यका लागि वर्तमान सरकारभन्दा पनि राज्यको शासकीय स्वरूप र निर्वाचन प्रणाली नै परिवर्तन गर्नुपर्नेमा बताउनुभयो ।
उहाँले केही प्राविधिक कारणले ढिलाइ भए पनि नेपाल बदल्ने सङ्कल्पसहित आफ्नो पार्टीले अन्य पार्टीको विकल्पका रूपमा फरक पहिचानसहित देशभर अभियानलाई तीव्रता दिइरहेको बताउनुभयो ।

पार्टीको प्रशिक्षण कार्यक्रममा सहभागी हुन सुर्खेत आइपुग्नुभएका डा.भट्टराईले हाल चर्चामा रहेका सुन काण्ड, नक्कली भुटानी शरणार्थी जस्ता भ्रष्टाचारका काण्डहरू मात्रै नभई पञ्चायत कालदेखिका प्रकरणलाई उच्चस्तरीय आयोग गठन गरेर निष्पक्ष छानबिन गरिनुपर्नेमा जोड दिनुभयो ।
उहाँले ललिता निवास प्रकरणमा आफूले गलत नगरेको र मन्त्रीस्तरिय बैठकबाट केही जग्गा समरजङ्ग कम्पनीमा लैजाने निर्णय भएको सत्य भएकाले दोषी देखिए छानबिनमा आफ्नो पूर्ण सहयोग रहने बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्