तपाईँ सुन्दै हुनुहुन्छः

गोरुले हान्दा महिलाको मृत्यु

बाँके । बर्दियाको बारबर्दिया नगरपालिका—४ बरपट्टामा गोरुले हान्दा एक महिलाको घटनास्थलमा मृत्यु भएको छ ।

स्थानीय राम गोपाल थारुले चराउँदै गरेको गोरुले हान्दा बुधबार स्थानीय ६४ वर्षीया बुधनी थारुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरीक्षक सुधीरराज शाहीले जानकारी दिनुभयाे ।

गोरुले हान्दा उहाँको छाती र पेटमा गम्भीर चोट लागेर मृत्यु भएको उहाँले जानकारी गराउनु भयो।

घटनाका सम्बन्धनमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button