सरकार सबै अवरोध हटाएर अघि बढ्छ : मन्त्री ढकाल

तनहुँ । स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले वर्तमान सरकार सबै अवरोध हटाएर अघि बढ्ने बताउनुभएको छ ।
आज जिपि कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्र तनहुँमा आयोजना गरिएको बृहत निःशुल्क स्वास्थ्य शिविरको उद्घाटन गर्नुहुदैँ मन्त्री ढकालले सरकारलाई राम्रो काम आफुले गरेको र नराम्रो अर्काको पालामा भएको भन्दै पञ्छिने छुट नभएको भन्दै सरकारले सबै अवरोधहरु अवरोध हटाएर हघि बढ्ने बताउनुभएको हो ।
उहाँले जिपि कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्र स्थापनाको बाँकी कामले गति लिने बताउनुभयो । “यहाँ श्वास प्रस्वास केन्द्र स्थापनाको निकै राम्रो सम्भावना छ, हालसम्म किन प्रक्रिया अघि बढेन् अब केन्द्र सरकारले सबै अवरोध हटाएर अघि बढ्छ ।” उहाँले भन्नुभयो । “तलका कमिकमजोरी के छन् तपाईहरु मिलाउनुस् माथी कानुनी अवरोध हटाएर पनि केन्द्र स्थापनाको प्रक्रिया अघि बढाउने छौँ ।”
मन्त्री ढकालले गिरिजाप्रसाद कोइरालाको नाममा बन्ने अस्पतालले नागरिकलाई स्व।गिरिजाप्रसाद कोइरालाको जस्तै अटल बिस्वास दिलाउन सक्नुपर्ने बताउनुभयो ।
“गिरिजा प्रसाद कोइरालाको नाममा बन्ने अस्पतालले स्थानीयलाई गिज्याउने छुट छैन् ।” उहाँले भन्नुभयो “केन्द्र सरकारबाट उपलब्ध हुने सम्पूर्ण अनुदान, ब्यवस्थपनमा मन्त्रालयले अगुवाई गर्छ ।” उहाँले केन्द्रको नाममा रहेको जग्गा अतिक्रमणको चपेटामा पर्न सक्ने सम्भावना रहेको जानकारी प्राप्त गरेको भन्दै सरकारको उपलब्ध गराएको जग्गा एक इन्च पनि दायाँबाया हुन नदिने प्रतिबद्धता समेत जनाउनुभयो ।
तनहुँको बेलचौतारामा रहेको श्वास प्रश्वास उपचार केन्द्रमा शुक्रबारदेखि आगामी तीन दिनसम्म सम्वन्धित रोगका विशेषज्ञहरुद्धारा श्वास प्रश्वास, पाठेघरको क्यान्सर, जनरल मेडिसिन सेवा, बाल रोग लगायतका निशुल्क परिक्षण हुनेछ ।








प्रतिक्रिया राख्नुहोस्