तपाईँ सुन्दै हुनुहुन्छः

युवा सम्मेलन सुरु

काठमाडौँ । अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा नेपाल युवा परिषद्को आयोजनामा आजदेखि युवा सम्मेलन सुरु भएको छ ।

संयुक्त राष्ट्रसङ्घले यस वर्षको अन्तर्राष्ट्रिय युवा दिवसको सन्दर्भमा तय गरेको ‘युवाका लागि हरित दक्षता: दिगो भविष्यतर्फको यात्रा’ नाराका साथ सम्मेलन आयोजना गरिएको हो ।

सम्मेलनमा युवाका लागि दिगो विकास लक्ष्य, जलवायु परिवर्तनका लागि पहल, लैङ्गिक समानता, युवा उद्यमशीलता, निर्वाचनमा युवा र सुशासन गरी छ वटा प्रमुख पक्षमा विषय विज्ञहरूको प्रस्तुति तथा सहभागीद्वारा अन्तर्क्रिया र गहन छलफल गरिने छ । सम्मेलन तीन दिनसम्म चल्नेछ । सम्मेलनमा देशभरबाट दुई सय २० जनाले सहभागिता जनाउने छन् ।

आयोजकले सम्मेलनमा सहभागिताका लागि आह्वान गरेकामा देशभरबाट एक हजार एक सय ११ जनाको आवेदन परेकामा आफ्नो स्थायी बसोबास रहेको पालिकामा सामाजिक कार्य, व्यापार–व्यवसायजन्य क्रियाकलापमा संलग्न रहेको भनी स्थानीय तहबाट सिफारिस पत्र पेस गरेका सक्रिय, ऊर्जावान् तथा कम्तीमा पनि प्रवीणता तह उत्तीर्ण गरेको युवामध्ये निष्पक्ष मूल्याङ्कन गरी छनोट गरिएको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button