सिरियामा तीन लाख बढी विस्थापित
सिरिया । सिरियामा विद्रोहीको कब्जामा रहेको अन्तिम क्षेत्र मानिएको इदलिब प्रान्तमा विगत केहि दिनदेखि जारी रुसी र सिरियाली सरकारी सेनाको संयुक्त हवाई आक्रमणका कारण हालसम्म तीन लाख पचास हजार सर्वसाधारण विस्थापित भएका छन् । उनीहरु शरण लिन टर्कीको सिमाना नजिक रहेका शरणार्थी शिविर पुगेको संयुक्त राष्ट्रसंघले जनाएको छ ।
हवाई आक्रमणमा परी हाल सम्म २१ सर्वसाधारणको मृत्यु भएको छ । रुसी सरकारले भने उक्त आक्रमणमा आफ्नो सेनाको कुनै हात नरहेको बताएको छ ।
एक अनुगम टोलीले भने हवाई आक्रमण रुसी र सिरियाली विमानबाट भएको दाबी गरेको छ ।








प्रतिक्रिया राख्नुहोस्