तपाईँ सुन्दै हुनुहुन्छः

टोखाभित्र सार्वजनिकस्थलमा धूमपान गरे कारबाही

काठमाडौं । टोखा नगरपालिकाले सार्वजनिकस्थलमा धूमपान गरे कारबाही गर्ने भएको छ । टोखाले सुर्तीजन्य पदार्थ नियमन तथा नियन्त्रण गर्ने ऐन, २०६८ (प्रथम संशोधन २०७६ सहित) मा भएको व्यवस्था बमोजिम सार्वजनिकस्थलमा सुर्तीजन्य पदार्थको सेवन नगर्न आग्रह गरेको हो ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शेरबहादुर विसीले सार्वजनिकस्थलबाट एकसय मिटर वरपरको क्षेत्रभित्र सुर्तीजन्य पदार्थको बिक्री वितरण गरेमा कानुन बमोजिम कारबाही गर्ने जानकारी दिनुभयो ।

सो नगरपालिकाले गतहप्ता मात्रै टोखाभित्रका सार्वजनिक जग्गाको संरक्षण गर्ने नीति लिएर सार्वजनिक जग्गा संरक्षणमा जुटेको छ । काठमाडौंको उत्तरी क्षेत्रमा पर्ने टोखामा ११ वडा रहेका छन् । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button