माओवादी केन्द्रिय समिति बैठक : केन्द्रिय सदस्यहरुले धारणा राख्ने क्रम जारी
काठमाडौँ । हिजोदेखि सुरु भएको नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठकमा केन्द्रिय सदस्यहरुले बोल्ने क्रम जारी छ ।
काठामाडौंको कमलादीमा हिजोदेखि सुरु बैठकमा आज पनि अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को राजनीतिक तथा सांगठानिक प्रस्तावमाथि केन्द्रिय सदस्यहरुले आ–आफ्नो धारणा राख्ने क्रम जारी रहेको छ ।

बैठकमा आज दिउसो २ बजे सम्मा ३१ जना केन्द्रिय सदस्यहरुले धारणा राख्नुभएको छ । हिजोको बैठकमा १८ जना केन्द्रिय सदस्यहरुले आ–आफ्नो धारणा राख्नुभएको थियो ।
सदस्यहरुले पार्टीलाई सुदृढ र एकढिक्का बनाउँदै चुस्त कमिटी निर्माण गरेर मुख्यतः हिजो जस्तै नेता, नेतृत्व जनतातर्फ फर्किएर जनताको जनजीविकामा केन्द्रित भएर पार्टी अघि बढ्नु पर्ने धारणा राख्नुभएको छ ।
बैठकमा धारण राख्ने क्रममा केन्द्रिय सदस्यहरुले अध्यक्षको राजनीतिक तथा सांगठानिक प्रस्ताव राम्रो रहेको र त्यसलाई कार्यान्वयनमा लैजानुपर्ने लगायतका धारणा राखिरहनुभएको केन्द्रिय सदस्य कृष्णध्वज खड्काले जानकारी दिनुभयो ।
बैठक बेलुकी ५ बजेसम्म चल्ने र आज धारणा राख्न बाँकी केन्द्रिय सदस्यहरुले भोली धारणा राख्नुहुनेछ । साङ्गठनिक प्रतिवेदनमा पार्टी केन्द्रिय अध्यक्षदेखि केन्द्रिय सदस्यहरूको कार्य विभाजनको प्रस्ताव गरिएको छ । यस्तै अध्यक्ष प्रचण्डले केन्द्रिय सदस्यहरूलाई केन्द्रदेखि वडा तहसम्म समन्वय गर्ने र पार्टी सङ्गठनलाई सुदृढ गर्ने प्रस्ताव गर्नुभएको छ ।
माओवादी केन्द्रले केन्द्रिय समिति बैठक २१ गतेसम्म चल्नेछ ।








प्रतिक्रिया राख्नुहोस्