तपाईँ सुन्दै हुनुहुन्छः

कोहलपुरका अधिकांश बालबालिका कन्जक्टिभाइटिस भाइरसको सङ्क्रमणबाट प्रभावित

बाँके । कोहलपुरमा आँखा पाक्ने कन्जक्टिभाइटिस भाइरसको संक्रमण प्रकोप फैलिएको छ । करिब दुई हप्तादेखि यहाँका विद्यालय र बालबालिकामा यो प्रकोप अझ बढी देखिएको छ । अन्य व्यक्ति पनि यसबाट प्रभावित छन् । पहिला आँखा रातो हुँदै पानी बग्ने, चिलाउने, पोल्ने आँखा पाक्ने समस्या देखिन थालेको छ ।

अधिकांश विद्यालयका बालबालिकाहरू कन्जक्टिभाइटिस भाइरसको सङ्क्रमणबाट प्रभावित भएका छन् । यो भाइरसको संक्रमण फैलिएपछि आँखा अस्पताल तथा उपचार केन्द्रमा बिरामीको सङ्ख्या बढेको छ ।

कोहलपुर नगरपालिका अन्तरगत स्वास्थ्य शाखाका जनस्वास्थ्य निरीक्षक प्रेमप्रसाद पाण्डेका अनुसार विद्यालयमा बालबालिकाहरू अझ धेरै आँखा रातो हुने गरेको र उनीहरू अरू सङ्ग सँगै हुने हुँदा बालबालिका अझ बढी यसबाट प्रभावित भएको बताउनु भएको छ
उहाँले ‘विद्यालयमा बालबालिका सँगै खाने र खेल्ने हुन्छन्, ‘बालबालिका सँगै हुँदा आँखा पाक्ने समस्या एकबाट अर्कोमा सहजै सर्छ ।

जसबाट बालबालिका अझ बढी प्रभावित भएका छन् ।’ उहाँका अनुसार वडा नम्बर २ का फूलबारी र सेन्चुरीमा अझ बढी देखिएको छ । योसँगै वडा नम्बर ६ र १२ नम्बर वडा मा पनि आँखा पाक्ने समस्या बढी रहेको छ । कोहलपुरका प्रायः सबै स्थानमा यो समस्या देखिएको जनस्वास्थ्य निरीक्षक पाण्डेले बताउनुभएको छ ।

उहाँले‘ कोहलपुर नगर अस्पतालमा दैनिक ८० जनासम्म बिरामी आउने गरेको‘जसमध्ये दैनिक १५/२० जना बिरामी आँखा पाक्ने समस्याका हुन्छन् ।’ यो सङ्ख्या धेरै भएको बताउनु भएको छ। उहाँका अनुसार यो भाइरल डिजिटल पाँचदेखि सात दिनसम्ममा आफैँ निको हुन्छ । ‘तीन दिनदेखि सञ्चो हुन सुरु हुन्छ भने पाँचदेखि सात दिनमा पूर्ण निको हुन्छ ।’ यो समस्या निकोभन्दा पनि धेरैलाई सर्ने हुँदा यसबाट सजग हुनुपर्ने बताउनु भयो । ‘यो समस्या देखिएमा निको हुन्छ तर यहाँ निकोभन्दा पनि एकबाट अरुमा सर्ने समस्या धेरै छ ।’ यसबाट सबै सजग हुनुपर्ने उहाँको भनाइ छ ।

उहाँले आँखा पाक्ने लक्षण चिन्ह देखिएका बिरामीलाई आइसोलेट गर्ने, स्यानिटाइजरको प्रयोग गर्ने । आँखामा समस्या देखिएका बालबालिकालाई विद्यालयमा नपठाउने यी सचेतना अपनाए भाइरस नियन्त्रण र न्यूनीकरण गर्न सकिने बताउनु भएको छ।
उहाँले यो दीर्घकालीन असर गर्ने खालको नभएर सामान्य किसिमको भाइरल हो ।

एकदेखि डेढ हप्तासम्म निको हुन्छ । औषधी जरुरी छैन, तर कहिलेकाहीँ यो सँगै ब्याक्टेरियल इन्फेक्सन हुनसक्छ’ ‘त्यो नहोस् भनेर एन्टिबायोटिक औषधीको प्रयोग गर्नुपर्छ ।’यो भाइरस एक व्यक्तिबाट अर्कोमा सजिलै सर्ने भएकाले सचेत हुन उहाँले आग्रह गर्नु भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button