‘प्रकृतिको रक्षा गर्दै संस्कृति सजाउन सके पर्यटनको विकास हुन्छ’
इलाम । प्रकृति, परिश्रम र पसिनाले इलाम बनेको संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले बताउनुभएको छ ।

सूर्योदय नगरपालिकाको आर्थिक वर्ष २०८०/८१ को वार्षिक बजेट तथा कार्यक्रम सार्वजनिकीकरण कार्यक्रममा मन्त्री किराँतीले पर्यटनलाई प्राथमिकतामा राखेर काम गर्न सके विदेशी मुद्रा आर्जन हुने बताउनुभयो ।
अझै पनि पर्यटनलाई आत्मसाथ गर्न नसकिएको उहाँको भनाई छ । मानिसहरू प्रकृतितर्फ फर्किँदै गरेकाले प्रकृतिको रक्षा गर्दै संस्कृति सजाउन सके पर्यटनको विकास हुने धारणा उहाँले राख्नुभयो ।
किसानले उत्पादन गरेको वस्तु नजिकैको होटलमा विक्री नभए त्यसको कुनै अर्थ नहुने उहाँको भनाइ छ । छिमेकी देशका पर्यटकलाई लक्षित गरी प्रचारप्रसार गर्नुपर्नेमा जोड दिँदै उहाँले युरोप तथा खाडी मुलुकमा मात्रै प्रचार गरेर नहुने बताउनुभयो ।
सूर्योदय नगरपालिकाको १३ औ नगर सभाबाट स्वीकृत बजेट तथा कार्यक्रम सार्वजनिक समारोहमा विभिन्न क्षेत्रमा योगदान पुर्याउने व्यक्ति तथा संस्थालाई सम्मान गरिएको थियो ।








प्रतिक्रिया राख्नुहोस्