मोटरसाइकलको ठक्करबाट बालकको मृत्यु, चालक फरार
बाँके । बाँकेको राप्तीसोनारी गाउँपालिका-६ मा मोटरसाइकलको ठक्करबाट एक बालकको मृत्यु भएको छ । आइतबार दिउँसो नम्बर नखुलेको एक मोटरसाइकलले ठक्कर दिँदा तीन वर्षीय बालकको मृत्यु भएको हो ।
सिद्देश्वर क्याम्पस नजिकै आइतबार साँढे १० बजे नम्बर नखुलेको मोटरसाइकलले ठक्कर दिँदा राप्ती सोनारी-६, हब्रहवाका तीन वर्षीय बालक श्रीयङ्स बुढाको मृत्यु भएको इलाका प्रहरी कार्यालय भगवानपुरले जनाएको छ ।
मोटरसाइकल ठक्करबाट घाइते भएका बालकलाई उपचारका लागि नेपालगन्ज लैजाँदै गर्दा बाटोमै मृत्यु भएको इलाका प्रहरी कार्यालय भगवानपुरका इन्चार्ज प्रहरी निरीक्षक राजन रायमाझीले जानकारी दिनुभयो ।
ठक्कर दिने मोटरसाइकल र चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ ।






प्रतिक्रिया राख्नुहोस्