तपाईँ सुन्दै हुनुहुन्छः

अवैध रुपमा भित्रिएको सुनका विषयमा उच्चस्तरीय छानविन समिति गठन गर्न सरकारको ध्यानाकर्षण

काठमाडौँ । प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिको आज बसेको बैठकले समितिको आन्तरिक कार्यविधि, २०८० परिमार्जन सहित पास गरेको छ ।

यसैगरी बैठकले हालसालै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट गैरकानुनी प्रक्रियाबाट ठूलो परिमाणमा भित्रिएको सुनका विषयमा तत्कालै स्वतन्त्र र निष्पक्ष छानबिनका लागि उच्चस्तरीय छानविन समिति गठनका लागि नेपाल सरकारको ध्यानाकर्षण गराएको छ ।

समिति सदस्यहरुले नेपालमा हुने गरेको सुन तस्करीको घटनाले नेपाल तस्कर र बिचौलियाहरूको लागि स्वर्णभुमि जस्तो देखिएको र यसले नेपालको छवि अन्तर्राष्ट्रिय स्तरमा समेत बिग्रिएको बताउनुभयो ।

सदस्यहरुले विमानस्थलबाट भएको सुन तस्करी, माफिया र लागुऔषध व्यापारीलगायतको होकी भन्ने आशङ्का उत्पन्न भएको भन्नुहुँदै यस्तो गहन विषयमा अर्थमन्त्री र गृहमन्त्रीलाई समितिमा बोलाई छलफल गर्नु माग गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button