परिवारसँग सम्पर्क विहीन गलकोटका दर्जी मुसिकोटमा मृत फेला
बागलुङ । एक हप्तादेखी परिवारसँग सम्पर्क विहीन रहेका गलकोटका एक पुरुष छिमेकी जिल्ला गुल्मीमा मृत अवस्थामा फेला परेका छन् ।
गलकोट नगरपालिका वडा नम्बर ३ खसगाउँका ४९ वर्षीय प्रेमलाल दर्जी आज गुल्मीको मुसिकोट नगरपालिका वडा नम्बर ७ बसेरीमा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
साउन ७ गते दिउसो हटियाको घाइरनबाट परिवारसँग सम्पर्क विहीन हुनुभएका दर्जीको परिवार र प्रहरीद्वारा खाजी कार्यलाई तीव्र पारिएको थियो । आज घाँस काट्न गएका स्थानीयहरूले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरी घटनास्थलमा पुगेपछि शवको पहिचान भएको बताइएको छ ।
शव गुल्मीको वामीटक्सार अर्लाङकोट सडक खण्ड अन्तर्गत बसेरीमा सडकदेखि झण्डै ५० मिटर तल बेवारिसे अवस्थामा फेला परेको वामी प्रहरी चौकीका इन्चार्ज वरिष्ठ सई लक्ष्मण विश्वकर्माले जानकारी दिनुभयो ।
अहिले घटनास्थलमा जिल्ला प्रहरी कार्यालय गुल्मीका इन्स्पेक्टर किरण सापकोटा नेतृत्वको टोली पुगी मुचुल्का गर्ने काम गरिरहेको बताइएको छ । घटनाबारे विस्तृत विवरण आउन बाँकी रहेको घटनास्थलमा पुग्नुभएका गलकोट नगरपालिका वडा नम्बर ३ का वडा सदस्य रबिन बोहोराले बताउनु भयो ।








प्रतिक्रिया राख्नुहोस्