तपाईँ सुन्दै हुनुहुन्छः

समाजवादी विद्यार्थी मोर्चाको गठन र घोषणा भोलि

काठमाडौँ । समाजवादी विद्यार्थी मोर्चाको गठन र घोषणा भोलि आइतबार दिउँसो १२ः०० बजे हुने भएको छ ।

च्यासलस्थित हिमालयन कलेज अफ इन्जिनियरिङमा विद्यार्थी मोर्चाको घोषणा हुने कार्यक्रम तय भएको जनता समाजवादी पार्टी (जसपा) नेपालका केन्द्रीय प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिनुभयो ।

उहाँका अनुसार घोषणा कार्यक्रमलाई प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव र नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’लगायतका नेताहरूले सम्बोधन गर्नुहुनेछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button