तपाईँ सुन्दै हुनुहुन्छः

वन्यजन्तु र मानवबीचको द्वन्द्व न्यूनीकरण गर्नुपर्छ : पूर्वराष्ट्रपति भण्डारी

काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले बाघको सङ्ख्या बढेसँगै वन्यजन्तु र मानवबीचको द्वन्द्व न्यूनीकरण गर्नतर्फ ध्यानाकर्षण गराउनुभएको छ ।

आज विश्व बाघ दिवसको शुभकामना दिनुहुँदै उहाँले बाघको सङ्ख्यासँगै मध्यवर्ती क्षेत्रमा बाघको आक्रमणबाट मानिसको मृत्यु हुने घटना वृद्धि भएकोप्रति चिन्ता व्यक्त गर्नुभएको हो । उहाँले दिवसका अवसरमा वन्यजन्तु र मानवबीचको द्वन्द्व न्यूनीकरण गर्नतर्फ सम्बद्ध पक्षको ध्यानाकर्षण गराउनुभयो ।

पूर्वराष्ट्रपति भण्डारीले बाघको संरक्षण नेपालको पर्यटन प्रवर्द्धन एवं आर्थिक विकासका लागि महत्त्वपूर्ण भएको भन्दै संरक्षणका उचित उपाय अवलम्बन गर्न र त्यसलाई निरन्तरता दिन आह्वान गर्नुभयो ।

नेपालले लक्ष्यभन्दा बढी बाघको सङ्ख्या वृद्धि गरी हाल तीन सय ५५ पुर्‍याउन सफल भएको जनाउँदै उहाँले बाघको संरक्षणमा सम्बद्ध सबैलाई थप प्रेरणाका लागि शुभकामना समेत व्यक्त गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button