दाङमा सम्बन्ध बिच्छेद र जबरजस्तीकरणीको घटनामा वृद्धि

दाङ । दाङमा पछिल्लो समयमा सम्बन्ध बिच्छेद गर्नेको सङ्ख्या बढ्दै गएको पाइएको छ ।
जिल्लामा एक वर्षको अवधिमा एक हजार तीन सय ५५ सम्बन्ध विच्छेदका मुद्दा दर्ता भएका छन् । चालु आवमा सम्बन्ध विच्छेदका एक हजार ३१ मुद्दा फर्छ्यौट गरेको दाङ देउखुरी जिल्ला अदालतका श्रेष्तेदार हिरण्यप्रसाद भण्डारीले बताउनुभयो ।
गत आर्थिक वर्ष २०७९र ०८० मा सम्बन्ध विच्छेदका एक हजार तीन सय ५५ मुद्दामा तीन सय नौ वटा फर्छ्यौट गर्न बाँकी रहेको भण्डारीले जानकारी दिनुभयो ।
आर्थिक वर्ष २०७८र०७९ मा पनि एक हजार तीन सय ७९ मुद्दा परेकामा एक हजार ३१ सम्बन्ध विच्छेदका मुद्दा फर्छ्यौट भएका थिए भने तीन सय ४८ बाँकी थिए ।
दाङ देउखुरी जिल्ला अदालतमा परेका मुद्दाको विवरण अनुसार सम्बन्ध विच्छेद र बलात्कारजन्य घटना वृद्धि भएको छ ।
श्रेष्तेदार हिरण्यप्रसाद भण्डारीका अनुसार जिल्लामा जबर्जस्तीकरणीका मुद्दा पनि बढिरहेको देखिन्छ । सरकारवादी फौजदारी मुद्दा अन्तर्गतको जबर्जस्तीकरणी कसुरमा गत आर्थिक वर्ष २०७९र०८० मा एक सय ८९ मुद्दा परेका छन् । जसमा ७६ वटा मात्रै फर्छौँट भए भने एक सय १३ प्रक्रियामा रहेका छन् । जबर्जस्ती करणी कसुरमा सबै भन्दा धेरै एक सय ४५ मुद्दा परेका छन् जसमा ५३ फर्छौँट भए भने ९२ प्रक्रियामा छन् । जबर्जस्ती करणी उद्योगमा २७ मुद्दा परेकोमा १३ फर्छौँट भई १४ प्रक्रियामा छन् । बाल यौन दुरुपयोगको १६ मुद्दामा १० फर्छौँट भई छवटा बाँकी छन् भने अप्राकृतिक मैथुनको एउटा मुद्दा फर्छ्यौट हुन बाँकी छ ।
अघिल्लो आर्थिक वर्ष २०७८/०७९ मा पनि जबर्जस्तीकरणी कसुरमा गत वर्षको भन्दा धेरै मुद्दा थिए । उक्त वर्ष दुई सय १४ मुद्दामा एक सय ४२ फर्छ्यौट भई ७२ मुद्दा प्रक्रियामा थिए । जसमा जबर्जस्तीकरणीका एक सय ४९ मुद्दा परेका थिए जसमा ९९ फर्छ्यौट भएका थिए । जबर्जस्तीकरणी उद्योगमा परेका २८ मुद्दा १६ फर्छ्यौट भएका थिए । हाडनाता करणीमा १९ मुद्दा परेकोमा १२, बाल यौन दुरुपयोगको १६ मुद्दामा १३ र अप्राकृतिक मैथुनको दुई मुद्दामा दुई वटै फर्छ्यौट भएका थिए ।
दाङ देउखुरी जिल्ला अदालतका श्रेष्तेदार भण्डारीले समाजमा विभिन्न खालका विकृति बढ्दा राज्यलाई चुनौती थपिँदै गएको बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्