तपाईँ सुन्दै हुनुहुन्छः

सरकारले गरेका कामहरू जनताले थाहा पाउने गरी सूचना दिनु सरकारको दायित्व : मन्त्री शर्मा 

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सरकारले गरेका कामहरू जनताले थाहा पाउने गरी सूचना दिनु सरकारको दायित्व भएको बताउनुभएको छ ।

प्रधानमन्त्री कार्यालय सिंहदरबारमा आज आयोजित संवैधानिक निकाय, संघीय मन्त्रालय तथा केन्द्रीय निकायका प्रवक्ता तथा सूचना अधिकारीहरू बीचको अन्तर्क्रिया कार्यक्रममा मन्त्री शर्माले मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्ने पत्रकार सम्मेलनमा सम्बन्धित निकायका प्रवक्ताहरू नै उपस्थित भएर सूचना दिन सके प्रभावकारी हुने बताउनुभयो । 

उहाँले सरकारले गरेका निर्णय र काम कारबाहीको प्रचार प्रसार गर्ने पनि सरकारको दायित्व भएको बताउनुभयो । 

मन्त्री शर्माले सबै निकायका प्रवक्ता तथा सूचना अधिकारीबीच सूचनालाई व्यवस्थित रुपमा  आदानप्रदान गर्न साझा पोर्टल निर्माणको काम अघि बढेको बताउनुभयो । 

अन्तर्क्रिया कार्यक्रममा मुख्य सचिव डा. वैकुण्ठ अर्यालले सरकारले पारदर्शिता र विश्वास कायम गर्न पनि भएका कामहरू आम नागरिकले थाहा पाउने गरी सूचना दिन हिच्किचाउन नहुनेमा जोड दिनुभयो । 

प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले सरकारले गरेका राम्रा सार्वजनिक गर्ने सन्दर्भमा देखिएका समस्या समाधान गर्न अन्तर्क्रिया कार्यक्रमको आयोजना गरिएको जानकारी दिनुभयो । 

अन्तर्क्रिया कार्यक्रममा पूर्व प्रमुख सूचना आयुक्त कृष्णहरी बास्कोटाले प्रवक्ता तथा सूचना अधिकारीलाई कसरी सूचना प्रभावकारी रुपमा प्रवाह गर्न सकिन्छ भनेर प्रशिक्षण दिनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button