तपाईँ सुन्दै हुनुहुन्छः

मोटरसाइकल दुर्घटनामा अनुसन्धान अधिकृतको मृत्यु 

सर्लाही । सर्लाहीमा मोटरसाइकल दुर्घटनामा परी राष्ट्रिय अनुसन्धानका एक जना अधिकृतको मृत्यु  भएको छ । मृत्यु हुनेमा ईश्वरपुर नगरपालिका वडा नं ६ बयलबास बस्ने अन्दाजी २९ वर्षीय बसन्त साह रहेका छन् ।

अनुसन्धान अधिकृत साह मङ्गलवार राष्ट्रिय अनुसन्धान कार्यालय मलंगवाबाट बागमती प्रदेश ०२–०१६ प ००७१ नम्बरको अपाचे मोटरसाइकलमा सवार भई घर तर तर्फ फर्कने क्रममा गएराती नै  ईश्वरपुर वडा नं  ९ स्थित खोरियाटोलमा मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

अनुसन्धान अधिकृत साहको मोटरसाइकल दुर्घटना गएराती भएपनि प्रहरीलाई घटनाबारे आज जानकारी भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

मृतक अनुसन्धान अधिकृत साहको शव परीक्षणको लागि प्रादेशिक अस्पताल मलंगवा राखिएको  जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी नायव उपरीक्षक दीपेन्द्र चौधरीले जानकारी दिनुभयो  ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button