एक सय ६७ जना गरिव असहाय, बिपन्नलाई यादव दम्पतीद्धारा कम्वल बितरण
बारा । संसारमा धर्मकर्म गर्ने व्यक्त यदाकदा मात्र हुने गर्दछ । सम्पतिको मोह जति प्यारो अरु केही नभएको अवस्थामा कलैया उपमहानगरपालिका वडा नम्बर १ निवासी लक्ष्मी नारयण यादव र उनका श्रीमती राजभरी देवीले आफ्नो सम्पतिबाट असहायहरुलाई जाडोमा न्यानो ओढ्ने कपडा वितरण गरी समाजमा उदारणिय काम गर्दै आएका छन् ।
नेपालमा संघिय लोकतान्त्रिक गणतन्त्रको स्थापना भएपछि निर्माण भएका तीन तहका सरकारले गर्ने नसकेका काम ती यादव दम्पतिले शुरु गरेकोमा उनीहरुलाई बधाई दिनेहरुको ओइरो लाग्ने गरेको छ ।
पहिला ईतिहासको पानामो पढने कुरा आज समाजमा प्रत्यक्ष रुपमा त्यसता दानबिर पनि हुदो रहेछ देख्दा आफुलाई निकै नै खुसी लागेका छ पत्रकार अनिल गौरवले बताउनुभयो ।
यादव दम्पतीको संयुतm आयोजना कलैया उपमहानगरपालिका वडा नम्बर १ मा गरिब, असहाय, एकल महिला, अशतm, अति बिपन्न र दलित समुदायका व्यतिmहरुलाई कम्वल बितरण गर्नुभएको छ । आफ्नो लगानीमा बुबा र आमाको नामले बिगत १३ बर्षदेखि माघ संक्रान्तीका दिन कम्वल र खानेकुरा वितरण गर्दे आएका छोरा बिशेश्वर यादवले भन्नुभयो । कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश सांसद पारस साहले समाज परिवर्तनमा यादव दम्पतिको भूमिका निकै महत्वपुर्ण रहेको हँुदा राजनीतिक दलका नेताहरुले पनि उहाँले थालेको पवित्र अभियानमा लाग्नुपर्ने धारणा व्यतm गर्नुभयो ।
अहिले पनि समाजमो धन सम्पति भएको धेरै व्यतिmहरु छन् तर तिनीहरुको नाम यदाकदा मात्र दिने गर्दछ तर मन, ईच्छा शतिmले जुन व्यतिm खुलेर अरुको भलो, कल्याण गर्ने काममा अग्रसर हुन्छ उही नै सबैभन्दा ठुलो धनी हुन्छ र त्यसै व्यतिmहरुको पनि चर्चा सधै हुन्छ प्रदेश सांसद साहले भन्नुभयो ।
समाजमा कमजोर व्यतिmहरुको चहना र आकांक्षा ठुलो भएपनि गरिबीको अभावमा केही गर्न नसकेको हुँदा आत्मबल कमजोर नपार्न कम्वल लिन आउनेहरुलाई आग्रह गर्नुभयो ।
कार्यक्रममा जिल्ला समन्वय समितिका सहसंयोजक पवनकुमार व्याहुत, कलैया उपमहानगरपालिकाका मेयर राजेशराय यादव, वडा नम्बर २ का अध्यक्ष राजेश मण्डल, नेपाली काँग्रेसका जिल्ला सचिव मनोज भट, नेकपाका यूवा नेता मुकेश साह, गोपाल सेवा समितिका अध्यक्ष जंगवहादुर यादव, समाजसेवी सगिर महम्द, रामधारी यादव, संस्कार, नेपाल पत्रकार महासंघका प्रदेश नम्बर २ का सदस्य सिकेन्द्र पासवान, श्री ३ चन्द्र माबिका प्रधानाध्याप्क नरेन्द्र गिरी, ब्रम्हराज योग सेवा केन्द्रका निर्मला दिदी, शिक्षक सुकदेव यादवलगायतकाले अभियानको सराहना गर्दै यसबाट पाठ सिक्नुपर्ने कुरामा जोड दिनुभएको थियो ।
कलैया उपमहानगरपालिकाको वडा नम्बर १, २, ३ र ४का गरी एक सय ६७ जनालाई सो कम्वल वितरण गरिएको थियो ।








प्रतिक्रिया राख्नुहोस्