तपाईँ सुन्दै हुनुहुन्छः

हुसेनद्वारा पौडीमा नयाँ राष्ट्रिय कीर्तिमान कायम

काठमाडौँ । नासिर याह्या हुसेनले जापानको फुकुओकामा आयोजना भएको वर्ल्ड एक्वाटिक च्याम्पियनसिप २०२३ मा नयाँ राष्ट्रिय कीर्तिमान कायम गर्न सफल भएका छन् ।

फुकुओकाबाट नेपाल पौडी संघका अध्यक्ष अशोक बज्राचार्यले बताए अनुसार नासिरले ४ सय मिटर फ्रिस्टायलमा ४ मिनट ८ दशमलव २३ सेकेन्ड समयका साथ नयाँ कीर्तिमान कायम गरेका हुन् ।

यस अघि नासिरको नाममा ४ मिनट १२ दशमलव १७ सेकेन्ड समयको कीर्तिमान कायम थियो । नासिरले उक्त कीर्तिमान आषाढमा आयोजना भएको ११ औँ एनएसए कप पौडी प्रतियोगितामा राखेका हुन् ।

अब सोमबार नासिरले पुरुष २०० मिटर फ्रिस्टायल र गौरिकाले १०० मिटर ब्याकस्ट्रोकमा प्रतिस्पर्धा गर्ने तालिका रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button