सामाजिक विकास इकाइ सप्तरीमा अख्तियारको छापा

सप्तरी । सप्तरीमा बेला बखत भ्रष्टाचारको समाचार आइरहेकोमा आज भवन निर्माण कामको भुक्तानी दिन घुस मागिरहेको सूचनाको आधारमा अख्तियारले केही नगद बरामद गरेको छ।
सूचनाको अधारमा बिहीबार सामाजिक विकास इकाई, सप्तरीमा छापामारी गरेको छ। अख्तियार आएको सूचना पाएर इकाईका सबै कर्मचारी फरार भएका छन्।

घुस बापत दिइएको ५५ हजारको चेक तथा १५ हजार नगद रकम अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीको टोलीले उक्त कार्यालयको पूर्वी पट्टीको गल्लीमा फालिएको अवस्थामा फेला पारेको छ। घुस लिएको इकाईका कर्मचारी सव इन्जिनियर अजय कुमार साफीले पर्खाल नाघी भाग्ने क्रममा उक्त रकम फालेको छ।
सिरहा नवराजपुर गाउँपालिका–१ स्थित जनता आधारभूत विद्यालयको चार कोठे अधुरो भव निर्माण काम सम्पन्न भएपनि भुक्तानी दिन चेक रोकेर कमिसन मागेपछि उपभोक्ता समितिले अख्तियारमा उजुरी गरेका थिए। उक्त कार्यालयले आव ०७९/०८०मा ४५ करोड रकम उपभोक्तालाई भुक्तानी गरेको छ । तर आर्थिक वर्ष सिद्ध्याएको चार दिन बितिसक्दा समेत काम पुरा भएको छैन। तर अख्तियार प्रवक्ता सँग सम्पर्क गर्न खोज्दा फोन उठेन ।







प्रतिक्रिया राख्नुहोस्