तपाईँ सुन्दै हुनुहुन्छः

नमूना विद्यालय बन्दै नेपाल मा.वि. 

बागलुङ ।  बागलुङ जिल्लाको ताराखोला गाउँपालिका वडा नं. ४ मा रहेको नेपाल मा.वि. गण्डकी प्रदेशकै नमुना विद्यालय बन्ने अभियानमा छ ।

कोरियन सहयोगी संस्थानले कम्प्युटरसहित अत्याधुनिक प्रविधि, सामाग्री, हाडवर्यर प्रयोग गरी नमुना विद्यालय बनाउन लागेकाे हाे । 

नमुना विद्यालय बनाउन कोरियन समूहका प्रमुख, व्यवस्थापन, ईन्जीनीयरसहितको ५ जना र सम्बद्ध नेपालबाट ३ जनाको टोलीले नेपाल माध्यमिक विद्यालयमा छलफल र अनुगमन गरेको छ । 

 पहिलाे पटक २०७९ साल मंसिरमा स्थलगत अनुगमन गरेको कोरियन टोलीले दोस्रो पटक अनुगमन गरेर काम सुरु गर्न लागेकाे हो । आगामी  कार्तिक मंसिरमा परियोजनाको दोस्रो चरणको कार्य  उद्घाटन हुने सहयोगी संस्थानका प्रमुख आछुछीना  बताउनु भयो ।  परियोजना सफल पार्न ७ वर्षसम्म परियोजनाको तर्फबाट कोरिया सहयोगी संस्थानले प्रत्यक्षरुपमा सञ्चालन गर्ने उहाँले  बताउनुभयो  ।

यो बर्ष कक्षा कोठा व्यवस्थापन गरी  सम्पुर्ण प्रविधि सामाग्री ल्याउने र जडान गरिने र अर्को बर्ष तालिमको व्यवस्था  गर्ने, त्यसको दुई वर्षमा विद्यालयमा मुल्याङकन गरिने उहाँले बताउनुभयो । उहाँले यो परियोजना कोरिया र नेपालका शिक्षक शिक्षकको बीचमा सञ्चार समन्वय आदान प्रदान गराइदिने मार्गसमेत हुने उहाँले बताउनुभयो  । 

यो योजना नेपालमै नयाँ, ठुलो र भौतिक तथा प्राविधिक सुबिधा सम्पन्न हुने उहाँले बताउनुभयाे । कोरियन प्रशिक्षक समेत प्रदान गरी सञ्चालन हुने याे योजना विद्यालयकाे लागि ठुलाे अवशर भएकाे विद्यालयका अध्यक्ष दिवश खत्रीले बताउनु भयो । 

उहाँले नेपालमा यो परियोजना तीन बटा विद्यालयमा सञ्चालन हुन लागेको बताउनुभयो ।  परियोजनामध्ये सुगम स्थल काठमाडौँ र यातायातको सहजता भएको पाल्पासँगै सडक, होटल लगायतको सुविधाबाट वञ्चित रहेकाे ताराखोलाको नेपाल मावि पनि पर्नु आफूहरूको लागि गौरवको विषय भएको उहाँले बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button