तपाईँ सुन्दै हुनुहुन्छः

मौलाकाली केबलकारमा दर्शनार्थीलाई छुट सुविधा

चितवन । गैँडाकोटमा सञ्चालित मौलाकाली केबलकारले मन्दिर जाने दर्शनार्थीलाई छुट दिने भएको छ । कम्पनीले दर्शनार्थी एवं धार्मिक पर्यटकलाई आकर्षण गर्ने उद्देश्य सहित छुट अफर ल्याएको हो । 

जसअनुसार हाल साताको बुधबार अपराह्न २ बजेदेखि टिकटमा ५० प्रतिशत छुट गरिएको छ । यही साउन १ गते  देखि लागू हुने गरी यो अफर शुरु गरिएको मौलाकाली केबलकारका स्टेशन मेनेजर सुरज पौडेलले जानकारी दिनुभयो । 

केबलकारबाट दर्शन गर्ने इच्छुक हुनेलाई सातामा एकदिन मात्र छुट गर्दा पनि धेरै राहत र सहुलियत पनि हुन्छ। पौडेलले भन्नुभयो, दर्शनार्थी र धार्मिक पर्यटक पनि बढ्छन् ।’ हाल केबलकारको दुइतर्फी  टिकट शुल्क  ५५० कायम गरिएको छ । छुट सुविधा अनुसार  २७५ रुपैंयामा  मै दुइतर्फी यात्रा गर्न पाउनेछन् । 

यो छुट सुविधाले सर्वसाधारणलाई सस्तो मूल्यमा केबलकारमा  यात्रा गर्ने अवसर मिल्नुका साथै, दर्शनार्थीहरुलाई दिउसो पनि मन्दिर दर्शन गर्न   प्रेरित गर्ने मेनेजर पौडेलले बताउनु भयो ।  केबलकार सञ्चालनमा आएसँगै दर्शनार्थीको सङ्ख्यामा पनि वृद्धि भएको छ , गतबर्षको तुलनामा २५ प्रतिशतले बढी दर्शनार्थीको सङ्ख्यामा वृद्धि भएको मौलाकालिका मन्दिरका अध्यक्ष शालिकराम सापकोटाले बताउनुभयो । 

यसअघि बर्षात र अत्यधिक गर्मीका कारण दर्शनार्थीको सङ्ख्या न्यून रहेपनि केबलकार सञ्चालनमा आएसँगै अफसिजनमा पनि दर्शनार्थीको सङ्ख्या कम नभएको अध्यक्ष सापकोटाको भनाई छ । धार्मिक तथा ऐतिहासिक महत्वको मौलाकालिका मन्दिर जाने आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरी  वैशाख १ गतेदेखि सञ्चालनमा आएको मौलाकाली केबलकारले बिदाका दिन बाहेक बिहान ६ बजेदेखि दर्शनार्थीहरुलाई सेवा दिँदै आएको छ । शनिबार र अन्य बिदाका दिनमा बिहान साँढे पाँच बजेदेखि केबलकार सञ्चालन हुँदै आएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button