तपाईँ सुन्दै हुनुहुन्छः

१३ औ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता व्यवस्थापनमा इलाम कोशी प्रदेशकै उत्कृष्ट 

इलाम । १३ औ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सञ्चालन गर्दा व्यवस्थापन पक्षमा उत्कृष्ट भई इलाम जिल्ला पुरस्कृत भएको छ । 

प्रदेश खेलकुद विकास बोर्डले एक कार्यक्रमको अवसरमा  जिल्ला खेलकुद विकास समिति इलामलाई १३ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सञ्चालन र व्यवस्थापन उत्कृष्ट घोषित गर्दै  सम्मान प्रदान गरेको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष खगेन्द्र बास्तोलाले बताउनु भयो । कोशी प्रदेशका पूर्व मुख्यमन्त्री राजेन्द्र राईले जिल्ला खेलकुद विकास समितिका अध्यक्ष खगेन्द्र बास्तोलालाई दोसल्ला र सम्मानपत्र प्रदान गर्नु भएको थियो ।  

समितिले गत फागुनमा इलामको फाकफोकथुम गाउँपालिकामा १३ औ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न गरेको थियो । विगतका वर्षहरुमा सदरमुकाममा मात्र सञ्चालन हुँदै आएको प्रतियोगिता १३ औ संस्करण जिल्लाको विकट पश्चिमी क्षेत्र फाकफोकथुम गाउँपालिकाका गरिएको थियो । प्रतियोगिता सञ्चालन गर्न पालिकाले खेलाडी तथा अफिसियल र अन्य आगन्तुकहरूका लागि स्थानीय होटल र घरहरूमा होम गेस्टको रुपमा राख्न व्यवस्था गरेको थियो । 

१३ औ राष्ट्रपति रनिङ शिल्ड प्रदेशकै उत्कृष्ट व्यवस्थापन भई सम्मानित भएकोमा फाकफोकथुम गाउँपालिका अध्यक्ष दीपेन्द्र खनालले बधाई दिँदै फाकफोकथुममा  सञ्चालन गरेकोमा धन्यावाद दिनु भएको छ । इलामले ग्रामीण क्षेत्रमा खेल पूर्वाधार, विकासका पूर्वाधारको अभावमा समेत उत्कृष्ट व्यवस्थापन सहित प्रतियोगिता सम्पन्न गरेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button