ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु, दुई घाइते
पाँचथर । पाँचथरको फिदिमबाट ताप्लेजुङ जाँदै गरेको ट्रक मेची राजमार्गस्थित हेंवा खोलामा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । ट्रकमा सवार दुई जना गम्भीर घाइते भएका छन् ।
ना २ ख ९२१५ नम्बरको ट्रक दुर्घटना हुँदा हिलिहाङ गाउँपालिका ७ का ३८ वर्षीय लक्ष्मी तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परी घाइते भएका तामाङको पाँचथर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
हिलिहाङ ७ का ट्रक चालक ४५ वर्षीय ज्ञानु थापा भनिने पारसमणि थापा र ३१ वर्षीय जीवन गदाइली घाइते भएका छन् । उनीहरूको पाँचथर अस्पतालमा उपचार भइरहेको छ ।








प्रतिक्रिया राख्नुहोस्