सवारी ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ

बारा । सवारी ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् ।
बारा जिल्ला अदालतको मिति २०६८ मंसिर ५ गतेको फैसला आदेशले सवारी ज्यान मुद्दामा रू.२, हजार जरिवाना ठहर भई फरार रहेका जिल्ला बारा जितपुरसिमरा उपमहानगरपालिका वडा नं. २४ बस्ने वर्ष ३२ को गुडु मियाँ अंसारीलाई पक्राउ गरिएको हो ।
इलाका प्रहरी कार्यालय सिमरा बाराबाट खटिएको प्रहरी टोलीले लुकीछिपी बसेको अवस्थामा उनलाई पक्राउ गरी बारा जिल्ला अदालतमा प्रस्तुत गरेको हो । अदालतको आदेशले ठहर गरे अनुसारको जरिवाना रकम दाखिला गरेसँगै उनलाई छाडिएको छ ।








प्रतिक्रिया राख्नुहोस्