तपाईँ सुन्दै हुनुहुन्छः

बजेटको आकार नै घटेको हुनाले स्थानीय तह र प्रदेशमा पनि बजेट घटेको : अर्थमन्त्री महत

काठमाडौँ । अर्थमन्त्री डा. प्रकाशशरण महतले समग्रमा बजेटको आकार नै घटेको हुनाले स्थानीय तह र प्रदेशमा पनि घटेको भएपनि सङ्घमा भन्दा स्थानीय तहमा कम कटाएको स्पष्ट पार्नुभएको छ । 

राष्ट्रिय सभा विनियोजन विधेयकमाथि सांसदहरूले उठाउनु भएका विषयमा जवाफ दिँदै मन्त्री महतले समग्रमा पूँजीगत तर्फको सङ्घमा करिब २१ प्रतिशतले घटेको बजेट घटेको अवस्थामा स्थानीय र प्रदेशमा ७ प्रतिशतले मात्रै घटेको बताउनु भयो । 

मन्त्री महतले  मिलिनियम च्यालेन्ज एकाउन्ट लागि १० अर्ब ८४ करोड ७० लाख रुपैयाँ विनियोजन गरिएको र त्यो प्रसारण लाइन र सव स्टेसन मुख्य क्रियाकलाप केन्द्रित रहने बताउनु भयो ।

उहाँले बेरुजु समग्रमा एउटा समस्या रहेको भन्दै अर्थ मन्त्रालयको मात्रै होइन सवैतिर समस्या रहेको र यसलाई कम गर्न अनुशासन कायम गर्ने कुरामा अर्थ मन्त्रालय जागरूकताका साथ लागिपरेको बताउनु भयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button