निजामती सेवा ऐन छिट्टै ल्याउने गरी काम भइरहेको छ : मन्त्री मोदी

काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीले निजामती सेवा ऐन छिट्टै ल्याउने गरी सरकार लागिरहेको जानकारी गराउनु भएको छ ।
राष्ट्रिय सभामा विनियोजन विधेयकमाथि सांसदहरुले उठाएका विषयमा जवाफ दिँदै मन्त्री मोदीले सङ्घीयता र कर्मचारी सम्बन्धी समस्या रहेको स्वीकार गर्दै संघ प्रदेश र स्थानीय तहमा नै कर्मचारी समस्या समाधान गर्न सरकार गम्भीरताका साथ लागिरहेको बताउनु भयो ।
मन्त्री मोदीले स्थानीय तह निमित्तको भरमा चल्नु पर्ने अवस्था अन्त्य गर्दै आगामी साउनदेखि दुर्गमदेखि सहजसम्म सहज रुपमा कर्मचारी जाने र सरुवा प्रणाली व्यवस्थित गर्ने गरी काम भइरहेको जनाकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्