लोहन्द्रा खोलामा पक्किपुल निमार्ण, आवत जावतमा सहजता

विराटनगर । सुनसरी मोरङ सिचाई आयोजनाले मोरङको लोहन्द्रा खोलामा पुल निमार्ण गरि सञ्चालनमा ल्याएको छ । २०७० साल साउन महिनामा आएको बाढीले क्षतिग्रस्त बनाएको सिचाई आयोजनाको पुल सञ्चालनमा आएको हो ।
नहरको साइपन सहित भ्याट बाहेक ३० करोड ३० लाख रुपैयाँको लागतमा आयोजनाले पुल निर्माण सम्पन्न गरेको हो । पुल निमार्णका लागि २०७६ सालको फागुन महिनामा श्री आशिष आर्शिवाद स्वामी नारायण जेबीसँग ठेक्का सम्झौता भएको थियो ।
२०८० साल भदौ मसान्तसम्म पुल निमार्ण सम्पन्न गर्नुपर्ने ठेक्का सम्झौतामा उल्लेख भएपनि असारको दोस्रो हप्तामै आरसिसी पुल निमार्णको काम सम्पन्न गरि सञ्चालनमा ल्याएको सुनसरी मोरङ सिचाई आयोजना विराटनगका प्रमुख भिलानन्द यादवले बताउनुभयो ।
खोलामा बाढी आउने क्रम शुरु भएकाले आवत जावतमा सहजहोस भन्नका लागि समय अगावै पुल निमार्ण सम्पन्न गरेको उहाँको भनाई छ ।

ग्रामथान गाउँपालिका र वेलवारी नगरपालिकालाई जोडने सो पुलको लम्बाइ १ सय ५३ मिटर रहेको छ । बाढीले आयोजनाको मुल नहरको पुल र पानी सञ्चालनमा लागि बनाएको नहरको साइपन क्षतिग्रस्त बनाएपछि लोहन्द्रा खोला पर्व कमाण्ड क्षेत्रका १० हजार हेक्टर भन्दा बढी जमिनमा सिचाई सेवा प्रभावित भएको थियो । सिचाइ सेवा प्रभावित भएपछि आयोजनाले २०७८ साल जेठ महिनामा साइपन निमार्णको काम सम्पन्न गरी नहरमा पानी सञ्चालनमा ल्याएको आयोजना प्रमुख यादवको भनाई छ । नहर सुचारु नहुँदा किसानलाई समस्या भएपछि सबै भन्दा पहिले आयोजनाले साइपनको काम सम्पन्न गरेको उहाँको भनाई छ ।
पुल क्षतिग्रस्त भएपछि विगत पाँचवर्ष देखी आवत जावतमा समस्या हुँदै आएको थियो । वर्षाको सिजनमा सो क्षेत्रका मानिसलाई आवत जावत गर्न निकै समस्या भएको थियो । पुल वनेपछि ग्रामथान तथा कानेपोखरी गाउँपालिका र वेलवारी तथा रंगेली नगरपालिकाका मानिसलाई आवत जावतमा सहज भएको छ ।








प्रतिक्रिया राख्नुहोस्