तपाईँ सुन्दै हुनुहुन्छः

दुना, टपरी बनाउन आधुनिक प्रविधि

काभ्रेपलाञ्चोक । घरायसी प्रयोजनको लागि बनाउँदै आएको दुना, टपरी बनाउने कामलाई ‘व्यावसायिक’ बनाउन नमोबुद्ध नगरपालिकाले तालिम सञ्चालन गरेको छ ।

सालको पातबाट दुना, टपरी, बोता लगायत सामाग्री बनाउनको लागि नगरपालिकाले प्रविधि ९मेसिन० भित्राएर वडा नं ३, ४ र ५ का १५ जना महिलालाई ४ दिनसम्म तालिम दिएको महिला, बालबालिका तथा समाज कल्याण उपशाखा प्रमुख तारादेवी सुनुवारले जानकारी दिनुभयो ।

तालिमको समापन समारोहमा प्रमुख प्रशासकीय अधिकृत ईश्वरीप्रसाद शर्मा, नगर प्रवक्ता एवं वडा नं ६ का अध्यक्ष टिकाबहादुर केसी, वडा नं २ का अध्यक्ष कविराज श्रेष्ठ, नगर युवा परिषद्का कार्यकारी उपाध्यक्ष रामेश्वर अधिकारी, प्रमुख प्रशिक्षक कमला सुवेदी लगायतले स्थानीय स्तरमा पाइने सामाग्री र प्रविधिको प्रयोग गरेर व्यावसायिक उत्पादन गरी आयआर्जन गर्न र उत्पादनलाई निरन्तरता दिन अनुरोध गर्नुभयो ।

दुना, टपरी बनाउने कामलाई ‘व्यावसायिक’ बनाउन नमोबुद्ध नगरपालिकाले गरेको कामलाई स्थानीयले प्रशंसा समेत गरेका छन् । यसबाट नगरवासीहरू लाई थोरै लगानीमा धेरै आम्दानी गर्नसक्ने बाटो समेत खुलेको बताइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button