लिबियामा सरकार र विद्रोही सरकार बीच भएको वार्ता विफल

लिबिया । लिबियामा संयुक्त राष्ट्र संघको मान्यता प्राप्त सरकार र खलिफा हफ्तारको विद्रोही सरकारबीच भएको वार्ता विफल भएको छ ।
संयुक्त राष्ट्र संघको मान्यता प्राप्त सरकारका प्रमुख फएज–अल–सराजले युद्धविरामको मस्यैदामा सहमति जनाए पनि विद्रोही सरकार प्रमुख हफ्तारले मस्यैदामा हस्ताक्षर गर्न केही समयको माग गरेपछि निसर्त युद्धविरामको पहल गर्न रुसको राजधानी मस्कोमा बसेको वार्ता विना निष्कर्ष टुङ्गिएको हो ।
छुट्टाछुट्टै समूहलाई समर्थन गर्ने रुस र टर्कीले दुवै समूहलाई युद्धविरामको मस्यौदामा हस्ताक्षर गरी साढे नौं महिना लामो गृहयुद्ध अन्त्य गर्न आह्वान गरेका थिए ।
खलिफा हफ्तारको विद्रोही समूहले लिबियाको राजधानी ट्रिपोली कब्जा गर्न खोजे पछि सुरु भएको गृहयुद्धमा हालसम्म २ हजार भन्दा बढीको मृत्यु भइसकेको छ भने एक लाख ५० हजार भन्दा बढी लिबियाली विस्तापित भएका छन् ।







प्रतिक्रिया राख्नुहोस्