सुदूरपश्चिम प्रदेशमा माघ १ गते सार्वजनिक बिदा

अत्तरिया कैलाली । सुदूरपश्चिम प्रदेश सरकारले आगामी माघ १ गते माघे संक्रान्तिको अवसरमा बिदा दिने निर्णय गरेको छ ।
आन्तरिक मामिला तथा कानुन मन्त्रालयले आज एक सूचना जारी गर्दै सार्वजनिक विदा दिने निर्णय भएको जनाएको हो ।
गत बर्ष पनि प्रदेश सरकारले माघे संक्रान्तिको अवसरमा प्रदेशमा बिदा दिने निर्णय गरेको थियो । कैलाली, कञ्चनपुरको रहेको थारु समुदायले माघे संक्रान्तिलाई नयाँ बर्षको रुपमा मनाउने गर्दछन् ।









प्रतिक्रिया राख्नुहोस्