बालबालिका सम्बन्धि राष्ट्रिय नीतिलाई छिट्टै परिमार्जन गर्ने :मन्त्री गुरुङ

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङले बालबालिका सम्बन्धि राष्ट्रिय नीतिलाई छिट्टै परिमार्जन गर्ने बताउनु भएको छ ।
मन्त्री गुरुङले बालबालिका सम्बन्धि आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम बनाउने कामलाई अघि बढाइएको उल्लेख गर्दै त्यसका लागि आवश्यक सुझाव दिन पनि सरोकारवाला सबै निकायलाई आग्रह गर्नुभयो ।
सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा आज ‘बाल अधिकारका लागि राष्ट्रिय अभियान’ का पदाधिकारीसँगको सामूहिक भेटमा उहाँले बाल अधिकारको नाममा गलत काम गर्ने कुनै पनि सरकारी तथा गैरसरकारी संस्थालाई कडा कार्वाही गर्ने पनि बताउनुभयो ।

‘बाल अधिकारको नाममा गलत खालको काम गर्ने कुनै पनि निकायमाथि कडा कार्वाही हुन्छ,’ मन्त्री गुरुङले भन्नुभयो, त्यसका लागि आवश्यक नीति, ऐन, कानुन परिमार्जनका लागि सुझाव दिन म सरोकारवाला सबै निकायलाई आग्रह गर्दछु ।’
मन्त्री गुरुङले गैरसरकारी संस्थाहरुलाई पनि सरकारसँग आवद्ध भएर मात्रै आफ्ना कार्यक्रम सञ्चालन गर्न सचेत गराउनुभयो ।
भेटमा अभियानका संयोजक प्रविण सिलवालले बालबालिका सम्बन्धि हालसम्म बनेका ऐन, नियमहरुको प्रभावकारी कार्यान्वयनमा गर्न मन्त्री गुरुङको ध्यानाकर्षण गराउनु भएको थियो ।








प्रतिक्रिया राख्नुहोस्