कैलालीमा लागूऔषधसहित दुई जना पक्राउ
टीकापुर कैलाली । ब्राउन सुगरसहित कैलालीमा दुई जना पक्राउ परेका छन् । जानकी गाउँपालिका वडा नम्बर ५ अमौराबाट ब्राउन सुगरसहित २२ वर्षीय पुरन चौधरी र ३४ वर्षीय अनिल चौधरी पक्राउ परेका हुन् ।
ईलाका प्रहरी कार्यालय टीकापुरको टोलीले गएराति उनीहरुलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । उनीहरूको साथबाट एक सय ६० मिलिग्राम ब्राउन सुगर फेला पारेको ईलाका प्रहरी कार्यालय टीकापुरले जनाकारी दिएको छ । उनीहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्