संसदीय मामिला पत्रकार समाजको अध्यक्षमा सत्याल
काठमाडौँ । संसदीय मामिला पत्रकार समाजको आठौँ अधिवेशनले मनोज सत्यालको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।

समितिको आज सम्पन्न निर्वाचनबाट उपाध्यक्ष द्वयमा किरण दाहाल र सृजना घिमिरे, महासचिवमा जयसिंह महरा, सचिवमा गुञ्जनराज गिरी र सचिव (महिला) सविता शर्मा, कोषाध्यक्षमा अमुल थापा निर्वाचित हुनुभएको छ ।
कार्यसमितिको नयाँ सदस्यमा राजु थापा, पूजन आचार्य, कमलराज भट्ट, रघुनाथ बजगाई, विनोद कटुवाल, शिला तिमिल्सिना सर्वसम्मत रुपमा चयन हुनुभएको छ । त्यसैगरी समावेशी सदस्यमा मीरा बस्नेत र अन्जना लामिछाने विजयी हुनुभएको छ ।
निर्वाचन समितिका संयोजक टङ्क पन्तले निर्वाचन परिणाम घोषणा गर्दै नव निर्वाचित पदाधिकारी र सदस्यहरूलाई बधाई तथा शुभकामना दिनुभयो ।
नयाँ कार्यसमितिको दुई वर्षको कार्यकाल हुनेछ । संसद् र संसदीय मामिलासम्बन्धी गतिविधिमा कलम चलाउने पत्रकारहरूको साझा सङ्गठनको रुपमा समाज रहेको छ ।








प्रतिक्रिया राख्नुहोस्