तपाईँ सुन्दै हुनुहुन्छः

आश्रय गृह संचालकहरुको प्रथम सम्मेलन १७ बुँदे घोषणा पत्र जारी

काठमाडौं ।लैगिक हिंसामा परेका महिलाहरुका लागि स्थापना भएर संचालन भइरहेका आश्रय गृहहरुको प्रथम राष्ट्रिय सम्मेलन १७ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ ।

काठमाडौंमा सम्पन्न सम्मेलनमा नेपालका सातै प्रदेशका दुई सयभन्दा बढी सरोकारवाला निकायका आश्रय सञ्चालन गर्ने, आश्रय गृहको आश्रयमा बसेका महिला तथा बालिकाहरुका साथै नेपाल सरकारका सरोकारवाला निकायका अधिकारीहरुको सहभागीता रहेको थियो ।

सम्मेलनले महिला आश्रय गृहहरुको समान कार्य, लक्ष्य र विचारहरु सुनिश्चित गरी एक साझा मञ्चका रुपमा सशक्त राष्ट्रिय सञ्जाल विस्तार गर्ने, महिलाको सुरक्षा र आधारभुत मौलिक अधिकारको संरक्षणमा राज्यको महत्वपुर्ण भुमिका हुनुपर्ने, लैङ्गिक हिंसा पीडित÷प्रभावित महिलाहरुको लागि आवश्यक एकीकृत सेवाहरु (शारीरिक उपचार, मनोसामाजिक परामर्श, चिकित्सकीय सेवा, सुरक्षित वातावरण, कानुनी सहायता, क्षमता विकास, जीविकोपार्जन, जीवनउपयोगी सिप, सामाजिक पुर्नस्थापना, सहायक सामग्री र सहयोगी सेवाहरु लगायत) प्रदान हुनुपर्ने १७ बुद्धे काठमाडौ घोषणापत्र जारी गरेको छ ।

त्यसैगरी आश्रय गृहहरुलाई कम्तीमा ४ महिनामा समिक्षा बैठक राखी त्यहाँ आश्रीत जिवित छन् छैनन खोजी गरिनुपर्ने पनि घोषणा पत्रमा उल्लेख गरिएको छ ।

सम्मेलनमा लैङ्गिक हिंसा पीडित÷प्रभावित महिलाहरुको लागि तत्काल उद्धार, राहत, संरक्षण, सुरक्षा, मनोसामाजिक परामर्श, कानुनी सहायता सहित मर्यादित जीवनयापनका साथ मानवाधिकारको सुनिश्चितता तथा न्यायमा पहुँच अभिवृद्धि गर्ने विषयमा छलफल भएको थियो ।

त्यस्तै सामाजिकिकरण तथा पारिवारिक पुर्नमिलन समेतका लागि अल्पकालीन तथा दीर्घकालिन सेवा प्रदान गर्न सरकारी तथा गैर सरकारी निकायको सहयोगमा संचालित महिला आश्रय गृहहरुको लैङ्गिक हिंसा निवारणमा अहंम भुमिका र महत्व रहेको कुरा स्मरण गर्दै, लैङ्गिक हिंसा पीडित÷प्रभावित महिलाहरुको सामाजिक, सांस्कृतिक, आर्थिक रुपान्तरण सहित उनीहरुको आर्थिक सशक्तीकरणमा जोड दिनुपर्ने विषयमा वृहत छलफल भएको थियो ।

लैङ्गिक हिंसा पीडित÷प्रभावित महिलाहरुको लागि आवश्यक एकीकृत सेवाहरु (शारीरिक उपचार, मनोसामाजिक परामर्श, चिकित्सकीय सेवा, सुरक्षित वातावरण, कानुनी सहायता, क्षमता विकास, जीविकोपार्जन, जीवनउपयोगी सिप, सामाजिक पुर्नस्थापना, सहायक सामग्री र सहयोगी सेवाहरु लगायत) प्रदान गर्ने उद्देश्यका साथ सञ्चालित आश्रय गृहहरुको सेवा र पहुँचलाई वृद्धि गर्ने नीतिगत, कानुनी, संस्थागत, वित्तिय र कार्यक्रमगत व्यवस्था गर्ने संकल्पमा, हामी सरकार, गैरसरकारी संघसंस्था, अन्तर्राष्ट्रिय विकासका साझेदार संस्था, निजी क्षेत्र, राजनीतिक दल, नागरिक समाज र समाजका अन्य सदस्यहरुलाई महिला आश्रय गृहहरुलाई सर्मथन र सहयोग गर्न आयोजक संस्थाहरुले अपिल गरेका छन् ।

द्महिला आश्रयगृहहरुको क्षमता र संस्थागत विकासका लागि संरचना, स्रोत र दक्ष जनशक्तिको समेत उतिकै भूमिका रहने कुरालाई मनन गर्दै, सबै सरोकारवालाहरुको सहकार्य, स्रोत साधनमा पहँुच तथा दिगोपनाका लागि स्थानीयकरण गर्न सरकारका सबै तह, विकास साझेदार, नागरिक समाज र संघसंस्थाहरुको प्रतिवद्धता र ऐक्यवद्धताका लागि आग्रह गर्दछौ घोषणा पत्रमा उल्लेख छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button