तपाईँ सुन्दै हुनुहुन्छः

सुनवलमा महिलाको हत्या, हत्याको आशङ्कामा छोरा पक्राउ

नवलपरासी । पश्चिम् नवलपरासीको सुनवलमा धारिलो हतियार प्रयोग गरी महिलाको हत्या भएको छ । सुनवल नगरपालिका वडा नम्बर १३ बस्ने बर्ष ५० कि बुद्धरानी मुसहरको गएराती हत्या भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी भोजराज पाण्डेले जानकारी दिनुभयो ।

उनका श्रीमान् साझ घर फर्कँदा श्रीमतीलाई रक्ताम्य अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए । हत्याको आशङ्कामा प्रहरीले मृतकका छोरा शिव कुमार मुसहरलाई  पक्राउ गरी अनुसन्धान गरिरहेको डिएसपी पाण्डेले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button